समाचारबुधबार, साउन ६, २०७२

राप्रपा नेपालद्वारा मकवानपुर बन्द

हिमालखबर

Bank Pasal Banda

तस्वीर: सुरजकुमार भूजेल

बन्द आह्वान गरेको राप्रपा नेपालका कार्यकर्ताले हेटौंडामा कुनै पनि पसल, निजी कार्यालय र विद्यालय खुल्न दिएका छैनन् भने यातायातसमेत ठप्प पारेका छन् ।

Kamal Thapa Ko Tauko Ma chot५ साउनमा हेटौंडामा भएको संविधानको मस्यौदामा सुझाव संकलन कार्यक्रममा हिन्दु राज्यको माग गर्दै नाराबाजी गरिरहेका राप्रपानेपालका नेता–कार्यकर्ता र प्रहरीबीच झडप भएको विरोधमा राप्रपा नेपालले मकवानपुर बन्द गराएको हो ।

बन्द आव्हानसंगै ५ साउन साँझै हेटौंडामा विरोध जुलुस पनि निकालिएको थियो ।

हिजो हेटौंडाको पल्पसा सभाहलमा आयोजित कार्यक्रममा राप्रपााका कार्यकर्ताहरुले हिन्दु राज्यको माग गर्दै प्रदर्शन गर्ने क्रममा प्रहरीसंग झडप हुँदा राप्रपा अध्यक्ष कमल थापा, सभासद् गणेश थापा, केन्द्रीय सदस्य मधु अधिकारी, जिल्ला अध्यक्ष नवराज विष्ट लगायत घाइते भएका थिए ।

सुरजकुमार भुजेल, मकवानपुर

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>