समाचारबुधबार, साउन ६, २०७२

मस्यौदामा ३३ हजार १६ सुझाव

हिमालखबर

draft‘नेपालको संविधान, २०७२ को प्रारम्भिक मस्यौदा’ माथि ३३ हजारभन्दा बढी सुझाव प्राप्त भएका छन् ।

५ साउन राति १२ बजेसम्म देश–विदेशका व्यक्ति तथा विभिन्न सङ्घ संस्थाबाट ३३ हजार १६ वटा सुझाव सङ्कलन भएका छन् ।

संविधानसभा सचिवालयका अनुसार वेबसाइटबाट २० हजार ७२२, इमेलबाट आठ हजार ८००, टोल फ्रि नम्बरबाट दुई हजार ४७१, फ्याक्सबाट एक हजार ८० र सङ्घ संस्था र व्यक्तिले सचिवालयमा आएर सोझै बुझाएका २४३ वटा सुझाव छन् ।

सचिवालयले ५ साउन राति १२ बजेसम्मका लागि सुझाव सङ्कलनका लागि समय तोकेको थियो ।

संकलनका लागि ७५ जिल्लाका २४० निर्वाचन क्षेत्रमा सभासद्हरु खटिएर गएका थिए । उनीहरुले सङ्कलन गरेको सुझाव ल्याउने काम शुरु भएको संविधानसभा सचिवालयले जनाएको ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>