समाचारबुधबार, साउन ६, २०७२

पाँच दिनभित्र प्रतिवेदन बुझाइने

हिमालखबर

नागरिक सम्बन्ध तथा सुझाव समितिले सर्वसाधारण जनताले मस्यौदामाथि दिएका सुझावलाई समेटी ढिलोमा पाँच दिनभित्र संविधानसभामा प्रतिवेदन पेस गर्ने जनाएको छ ।

समितिका सदस्य प्रेम गिरीका अनुसार २४० वटै निर्वाचन क्षेत्र र संविधानसभा सचिवालयमा प्राप्त सुझावलाई मिलाउने काम भइरहेको छ ।

जिल्लागत रुपमा आएका सुझावलाई समायोजन गरी ७५ वटा प्रतिवेदन बनाउने काम गरिने उनले जानकारी दिए ।

समितिले २४० वटै निर्वाचन क्षेत्रमा मस्यौदा माथि सुझाव सङ्कलन गर्न ४ र ५ गते सभासद्हरुलाई खटाएको थियो । सभासद्हरुलाई सहयोग गर्न सचिवालयका कर्मचारी खटिएका थिए ।

सभासद्हरुले सर्वपक्षीय भेला आयोजना गरी सुझाव सङ्कलन गरेका थिए । यसैगरी, सचिवालयले टेलिफोन, फ्याक्स, इमेल बेवसाइटमार्फत पनि सुझाव लिने व्यवस्था मिलाएको थियो ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>