समाचारबिहीबार, साउन ७, २०७२

देशको समृद्धिका लागि बामपन्थी र कांग्रेसको एकताः नेपाल

हिमालखबर

madhav_nepalनेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले देशको समृद्धिका लागि बामपन्थी र कांग्रेसको एकता खाँचो रहेको बताएका छन् ।

पुष्पलालको ३७ औं स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा नेपालले भने, “०४६ र ०६२/०६३ को जनआन्दोलन यी दुवै शक्तिको एकताले संभव भएको हो, देश बनाउन पनि यो एकता जरुरी छ ।”

पुष्पलाल स्मृति प्रतिष्ठानका अध्यक्ष समेत रहेका नेपालले पुष्पलालको विचार वर्तमानमा पनि उत्तिकै सान्दर्भिक रहेको बताए । प्रतिष्ठानले पुष्पलालको योगदानलाई जीवन्त राख्न ऐतिहासिक दस्तावेजहरु सङकलन गरी प्रकाशन गरेको उनले जानकारी दिए ।

उक्त अवसरमा पुष्पलालको पूर्ण कदको सालिकमा पार्टीका अध्यक्ष केपी शर्मा ओली, प्रतिष्ठानका अध्यक्ष नेपाल, उपाध्यक्ष एवम् उपप्रधान एवम् गृहमन्त्री वामदेव गौतम, पार्टीका महासचिव ईश्वर पोखरेललगायतका नेता तथा कार्यकर्ताले माल्यार्पण गरी श्रद्धान्जलि अर्पण गरे ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>