समाचारबिहीबार, साउन ७, २०७२

पुष्पपालको योगदान अविस्मरणीयः ओली

हिमालखबर

kp-sharma-oli_20141228070830नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली राजनीतिमा पुष्पलालको योगदान अविस्मरणीय रहेको बताएका छन् ।

३७ औं पुष्पलाल स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा ओलीले सामन्तवाद विरुद्ध सम्झौताहीन संघर्ष गर्ने पुष्पलाल नेपाली राजनीतिमा अग्रणी योद्धा भएको बताए ।

उनले भने, “पुष्पलालको नेतृत्वमा २००६ साल वैशाखमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको हो । कम्युनिष्ट पार्टी स्थापनासँगै आन्दोलनले सामन्तवाद विरोधी स्पष्ट दिशा ग्रहण ग¥यो ।”

उनले देश संविधान निर्माणको निर्णायक बिन्दुमा आइपुगेको बताए । “संविधान निर्माण भएपछि संविधानसभा अन्त्य हुन्छ । समयको प्रवाहसँगै देशको आवश्यकताअनुसार संविधान विस्तारै संशोधन हुँदै जान्छ”, ओलीले भने ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>