समाचारशुक्रबार, साउन ८, २०७२
धर्म निरपेक्ष हुँदैनः केपी ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी संविधानमा धर्म निरपेक्ष रहन नसक्ने बताएका छन् ।
रिपोर्टर्स क्लबले आयोजना गरेको कार्यक्रममा ओलीले भने, “निरपेक्ष शब्दको गलत अनुवाद भएको हो, संविधानमा यो रहन सक्दैन ।” ओलीले पहिले देखि नै धर्म निरपेक्षमा असहमति जनाउँदै आएको बताए ।
उनले सीमाकंनसहितको संविधान संभव नहुने बताए । “यसका लागि आयोग गठन गरिएको छ, त्यसैले टुंग्याउँछ । सीमाकंन नभएकै कारण संविधान जारी हुनबाट रोकिदैन ।”, ओलीले भने ।
