समाचारशुक्रबार, साउन ८, २०७२
नयाँ बजारमा ट्याक्सी जलाइयो

तस्वीर: रासस
चन्द माओवादीका कार्यकर्ताले काठमाडौंको नयाँ बजारमा एउटा ट्याक्सी जलाएका छन् ।

तस्वीर: गोपेन राई/हिमालखबर
तीन जनाको समूहमा रहेका माओवादी कार्यकर्ताले बा १ ज २३०१ नम्बरको ट्याक्सीलाई रोकेर चालक भित्र छँदाछँदै आगो लगाएको प्रत्यक्षदर्शीले बताए । ट्याक्सीमा आगो दन्किसकेपछि चालक ट्याक्सीबाट निक्लेर भाग्न सफल भएका थिए ।

तस्वीर: गोपेन राई/हिमालखबर
यसअघि आजै बन्दकर्ताहरुले धादिङमा २ वटा र बाँकेमा ४ वटा सवारी साधन जलाउनका साथै देशका विभिन्न ठाउँमा थुप्रै सवारी साधनमा ढुंगामुढा गरेका थिए ।

तस्वीर: गोपेन राई/हिमालखबर
