समाचारशनिबार, साउन ९, २०७२

साउन मसान्तभित्र संविधान: प्रधानमन्त्री

हिमालखबर

koiralaप्रधानमन्त्री सुशील कोइरालाले साउन मसान्तभित्र संविधान जारी हुने बताएका छन् ।

संविधानमा पूर्ण प्रेस स्वतन्त्रता लेखिनुपर्ने मागसहित रिपोर्टर्स क्लब नेपालले बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै प्रधानमन्त्री कोइरालाले भने, “साउनको अन्तिमसम्म संविधान आउँछ, भएमा दुई/चार दिन तलमाथि हुनसक्छ । संविधानमा सबै पक्ष, समुदाय, जातजाति, भाषा, संस्कृतिको प्रतिविम्ब हुन्छ ।”

प्रधानमन्त्री कोइरालाले संविधानसभा बाहिर रहेका मोहन वैद्य नेतृत्वको नेकपा–माओवादी र मधेस केन्द्रित असन्तुष्ट दललाई समेटेर लैजाने प्रयास भइरहेको जानकारी दिए ।

लोकतन्त्रमा प्रेस स्वतन्त्रता कुण्ठित हुनै नसक्ने र संविधानमा त्यसको सुनिश्चितता हुने वचन दिँदै प्रधानमन्त्री कोइरालाले प्रेसको काँधमा पनि ठूलो जिम्मेवारी आएकाले सकारात्मक भएर लाग्न आग्रह गरे ।

संविधानको मस्यौदामा जनताले दिएको राय सुझावलाई समेट्ने विषयमा सबै दल सकारात्मक भएको जानकारी दिँदै प्रधानमन्त्रीले हिजो चार दलको बैठकमा यस विषयमा छलफल भइसकेको बताए ।

स्वतन्त्र न्यायपालिका, धार्मिक स्वतन्त्रता, प्रेसको स्वतन्त्रता, वाक तथा अभिव्यक्तिको स्वतन्त्रता, हिडडुल गर्ने स्वतन्त्रता सबैले स्वीकारेको विषय भएको उल्लेख गर्दै प्रधानमन्त्री कोइरालाले धार्मिक स्वतन्त्रताको विषयमा राय सुझावमा व्यापक सुझाव आएकाले त्यसमा छिट्टै निर्णय लिइने स्पष्ट पारे ।

क्लबका अध्यक्ष ऋषि धमलाले अब बन्ने संविधानको प्रस्तावनामै पूर्ण प्रेस स्वतन्त्रता लेखिनुपर्ने माग गरेका थिए ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>