समाचारआइतबार, कार्तिक २६, २०६९
प्रधानमन्त्रीलाई कालोझण्डा देखाउनेमाथि लाठी प्रहार
२७ कार्तिकमा कपिलबस्तु पुगेका प्रधानमन्त्रीलाई कालोझण्डा देखाउने प्रदर्शनकारीलाई जितपुर ४ नं मा प्रहरीले एक्कासी लाठी प्रहार गर्न थालेपछि केहीबेर झडप पनि भयो । प्रहरीको लाठी प्रहारबाट एमाले र काङ्ग्रेसका ५ जना नेता तथा कार्यकर्ता घाईते भएका छन् ।
घाइते हुनेमा एमालेका शंकर पाण्डे, काङ्ग्रेसका दोलकाराम घिमिरे, मानवअधिकारकर्मी उमानाथ पौडेल लगायतका छन् । शान्तिपूर्वक कालोझण्डा देखाइरहेका प्रदर्शनकारीहरुलाई पकडीबाट आएको प्रहरी निरीक्षक बाबुराजा पन्त नेतृत्वको टोलीले एकाएक लाठी प्रहार गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।
जनतासंग एकरात बिताउने कार्यक्रम अन्तर्गत कपिलवस्तु पुगेका प्रधानमन्त्रीबाबुराम भटराइलाई बिपक्षी दलसम्बद्व कार्यकर्ताले कालोझण्डा देखाएका देखाएका थिए ।
प्रहरी हस्तक्षेपको बिरुद्ध कांग्रेस, एमाले र नेकपा–माओवादी निकटका युवा बिद्यार्थीले एक घण्टाका लागि पूर्वपश्चिमराजमार्ग समेत बन्द गराएका छन् ।
आज प्रधानमन्त्री भट्टराईले कपिलबस्तु चनई गाविस–१ का दर्जीको घरमा रात विताउने कार्यक्रम छ ।
