समाचारसोमबार, साउन ११, २०७२
धार्मिक स्वतन्त्रता राख्न पूर्वप्रधानमन्त्री देउवाको सुझाव
नेपाली कांग्रेसका वरिष्ठ नेता शेरवहादुर देउवाले नयाँ संविधानमा धर्मनिरपेक्षताको सट्टामा धार्मिक स्वतन्त्रता राख्नुपर्ने बताएका छन् ।
नयाँ संविधानको मस्यौदामाथि अधिकांश जनताले सुझाव दिँदा धार्मिक स्वतन्त्रता राख्न सुझाव दिएकाले धर्म निरपेक्षताको सट्टामा धार्मिक स्वतन्त्रता राख्नुपर्ने उनले तर्क गरे ।
नेपाल तरुण दलले राजधानीमा गरेको अन्तरक्रिया कार्यक्रममा वरिष्ठ नेता देउवाले अहिलेको मस्यौदामा धेरै संशोधन गर्नुपर्ने बुँदाहरु भएकाले जनताको भावना र सुझावअनुसार संशोधन गर्न हिच्किचाउन नहुने बताए ।
कांग्रेसको मूलमर्म लोकतान्त्रिक समाजवाद भएपनि मस्यौदामा लोकतान्त्रिक समाजवादको भावना नसमेटिएको नेता देउवाले बताए ।
