समाचारसोमबार, साउन ११, २०७२
लोकतन्त्रको मूल्यमा सम्झौता हुँदैनः प्रधानमन्त्री
प्रधानमन्त्री सुशील कोइरालाले संविधान निर्माणका क्रममा लोकतान्त्रिक मूल्य र मान्यतामा कुनै सम्झौता नहुने बताएका छन् ।
राष्ट्रिय सूचना आयोगले गएको छ महीनामा सम्पादन गरेका प्रमुख कार्यसहितको प्रतिवेदन प्रधानमन्त्री निवास बालुवाटारमा सार्वजनिक गर्दै प्रधानमन्त्री कोइरालाले लोकतन्त्रको छातामुनि सबै आइसकेकाले लोकतान्त्रिक मूल्य र मान्यताका विषयमा कुनै सम्झौता नहुने बताए ।
उनले भने, “संविधान निर्माणका क्रममा लोकतन्त्रलाई आधार बनाएर सबै विचार र सुझावलाई समेटेर अघि बढिने छ । लोकतन्त्रमा सरकार जनताको नोकर हो भन्ने मान्यतालाई स्थापित गरिने छ ।”
प्रधानमन्त्री कोइरालाले प्रतिबद्धताका साथ लाग्ने व्यक्ति असफल नहुने बताउँदै जनताको सूचनाको हक स्थापित गर्न आयोगलाई निर्धक्क भई अघि बढ्न आग्रह गरे ।
