समाचारसोमबार, साउन ११, २०७२
जनताको सुझाव सभाध्यक्षलाई बुझाईदै
नागरिक सम्बन्ध तथा सुझाव संकलन समितिले नयाँ संविधानका लागि जनताले दिएको सुझाव संविधानसभाका अध्यक्ष सुवास नेम्वाङलाई आज साँझ बुझाउने भएको छ ।
देशका २४० क्षेत्रबाट सभासदहरुले ल्याएको सुझाव, टेलिफोन, इमेल, फ्याक्स लगायतबाट दिइएको सुझावलाई एकीकृत गरी तयार पारिएको प्रतिवेदन अहिले साँझ ७ बजे सभाध्यक्ष नेम्वाङलाई बुझाइने कार्यक्रम तय भएको संविधानसभा सचिबालयका सह–प्रवक्ता सुदर्शन कुईकेलले बताए ।
गत २५ असारबाट शुरु भएको सुझाव संकलन कार्य ५ साउनसम्म सञ्चालन भएको थियो ।
