समाचारमंगलबार, साउन १२, २०७२

२३ घण्टापछि यातायात खुल्यो

हिमालखबर

नवलपरासीको गैंडाकोटस्थित जयश्री खोलको पुल भाँचिएर बन्द भएको पूर्वपश्चिम राजमार्ग २३ घण्टापछि खुलेको छ ।

जयश्री खोलामा डाइभर्सन बनाइएपछि राजमार्ग एकतर्फी खुलेको हो । अहिले पश्चिमबाट पूर्वतर्फ जाने सवारी साधनहरु अगाडि बढेका छन् ।

डाइभर्सन साँघुरो भएकाले केही बेरमा पूर्वबाट पश्चिम जाने सवारी साधनहरु पास गराइने पश्चिमाञ्चल सडक डिभिजन कार्यालयले जनाएको छ ।

११ साउन साँझ पुल भाँचिएर ५ फिट धसेपछि उक्त सडकखण्डमा यातायात अवरुद्ध भएको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>