समाचारमंगलबार, साउन १२, २०७२

संविधानसभा बैठक शुरु

हिमालखबर

नयाँ संविधानको प्रारम्भिक मस्यौदामाथि जनताकाे सुझाव आएपछि संविधानसभा बैठक शुरु भएको छ ।

बैठकमा नागरिक सम्बन्ध तथा सुझाव संकलन समितिले जनताको सुझाव पेश गर्ने कार्यक्रम रहेको छ । २५ असारबाट शुरु भएको सुझाव संकलन कार्य ५ साउनमा सकिएको थियो ।

देशभरका २४० निर्वाचन क्षेत्रमा जनता प्रत्यक्ष सहभागी भएर तथा इमेल, फोन, फ्याक्सलगायतबाट प्राप्त सुझावलाई एकीकृत गरी प्रतिवेदन तयार पारिएको छ ।

समितिले ११ साउनमा संविधानसभाका अध्यक्ष सुवास नेम्वाङलाई सुझाव प्रतिवेदन बुझाएको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>