समाचारमंगलबार, साउन १२, २०७२
संविधानसभामा जनताको सुझाव पेश
नयाँ संविधानको प्रारम्भिक मस्यौदामाथि जनताले दिएको सुझाव संविधानसभामा पेश भएको छ ।
२५ असारदेखि ५ साउनसम्म जनताले दिएको सुझाव समितिका सभापति प्रमिला रानाले संविधानसभामा पेश गरेकी हुन् । उनले प्रतिवेदन गरिरहँदा केही मधेशी केन्द्रीत दलका सभासदहरुले नाराबाजी गरिरहेका थिए ।
संविधानसभामा पेश भएको प्रतिवेदनमाथि भोलिबाट छलफल शुरु सभाध्यक्ष सुवास नेम्वाङले जानकारी दिएको सभासद पीके राईले बताए । उनका अनुसार १३ साउन विहान ११ बजे बोलाइएको बैठकमा सभासदहरुले प्रतिवेदनमाथि छलफल गर्ने कार्यक्रम रहेको छ ।
१६ बुँदेबाट अघि बढेको संविधान निर्माण कार्यलाई छोटो प्रक्रियामार्फत टुंग्याउने दलहरुको सहमति अनुसार केही सभासदहरुले मात्रै प्रतिवेदनमाथि धारणा राखेपछि सम्वाद समितिमा पठाउने तयारी भएको छ ।
