समाचारबुधबार, साउन १३, २०७२
हिन्दुराष्ट्रको माग गर्दै तीन जिल्ला बन्द
‘हिन्दुराष्ट्र बचाउ सङ्घर्ष समिति’ ले नेपाललाई हिन्दुराष्ट्र घोषणा गर्नुपर्ने मागसहित गरेको बन्दले नवपलरासी सहित तीन जिल्लाको जनजीवन प्रभावित भएको छ ।
बन्दले नवलपरासी, चितवन र रुपन्देहीमा बन्दको प्रभाव परेको हो ।
संबिधानमा हिन्दुराष्ट्र कायम गर्नु पर्ने माग गर्दे तीन जिल्ला बन्द गराइँदा त्यसअन्तर्गतको राजमार्ग पूर्णरुपमा अवरुद्ध रहेको छ भने बजार समेत खुलेको छैन ।
हिन्दुराष्ट्रको माग गर्दै १३ साउन बिहानैदेखि अभियानका कार्यकबर्ता चोकचोकमा भेला भइ नाराबाजी गरेका छन् ।
नवलपरासी जिल्लामा राजमार्ग सँगै बजारहरु समेत बन्द रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।
सातजना बन्दकर्ता पक्राउ
चितवन बन्दका क्रममा अत्यावश्यक सवारीका साधन समेत बन्द गराएको भन्दै प्रहरीले ७ जनालाई नियन्त्रणमा लिएको छ ।
प्रहरी नायब उपरीक्षक राजन अधिकारीका अनुसार अक्सिजन ग्यास बोकेको गाडीको चाबी खोसेको भन्दै चौबिसकोठीबाट एक र आँपटारीबाट ६ जनालाई नियन्त्रणमा लिएको हो ।
चाउचाउ बोकेको ट्रकमा आगजनी
नवलपरासीको देवचुली–१५ प्रगतिनगरमा गए राति चाउचाउ लोड गरी रोकिराखेको ट्रकमा एक्कासी आगलागी भएको प्रहरीले जनाएको छ ।
ईलाका प्रंहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक हरि बरुवालका अनुसार रोकिराखेको ग १ ख ४१११ नम्बरको ट्रकमा राति एक बजे आगो लागेको हो ।
आगो कसरी लाग्यो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
चौधरी ग्राम उद्योगबाट चाउचाउ लिएर पोखरा तर्फ हिडेको ट्रक रोकिराखेको अवस्थामा आगलागी भएको हो ।
विद्रोही गिरी, नवलपरासी
