समाचारआइतबार, कार्तिक २६, २०६९
अशोक राई गद्दारः गुरुङ्ग
एमाले नवलपरासीले २६ कार्तिकमा कावासोतीमा गरेको अगुवा कार्यकर्ता प्रशिक्षणमा गुरुङले द्वन्द्वात्मक भौतिकवाद छोडेर सामाजिक उत्पीडनमा परेकाहरुप्रति राईले गद्दारी गरेको बताए । वर्गीय संघर्षलाई छाडेर जातीय संघर्षमा जाँदा पतन हुने उनको भनाई थियो ।
कार्यक्रममा नेता गुरुङ्गले राईलाई एमएस थापालाई अध्यक्ष मानेर काम गर्न सुझाव दिए । उनले सानो घटनाबाट प्रभावित भएर जनतालाई धोका दिनेहरुबाट परिवर्तनको आशा गर्न नसकिने उल्लेख गरे । एमाले उपाध्यक्ष राईले पार्टी त्याग्नुअघि गुरुङ्ग पनि राज्यपुनर्संरचनाको विषयमा पार्टी संस्थापनसँग असन्तुष्ट थिए ।
विद्रोही गिरी, नवलपरासी
