समाचारबिहीबार, साउन १४, २०७२

जबर्जस्ती धर्म परिवर्तन गराउनुहुन्नः प्रधानमन्त्री कोइराला

हिमालखबर

प्रधानमन्त्री सुशील कोइरालाले कसैले पनि जबर्जस्ती धर्म परिवर्तन गराउन नहुने बताएका छन् ।

राष्ट्रिय ख्रीष्टियन महासङ्घ नेपालले बुझाएको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री सुशील कोइरालाले धर्मनिरपेक्षताका सम्बन्धमा जनताबाट विभिन्न रायसुझाव आएकाले बीचको बाटो अपनाउँदा उचित हुने बताए ।

प्रधानमन्त्री कोइरालाले संविधानको प्रारम्भिक मस्यौदामाथि रहेका कमीकमजोरी सच्याई सबैका भावना समेटेर संविधान जारी गरिने विश्वास दिलाए ।

समयमै संविधान जारी गर्न नसकिए मुलुक ठूलो दुर्घटनामा पर्ने बताउँदै प्रधानमन्त्री कोइरालाले संविधानको प्रक्रिया र संविधानसभा बाहिर रहेका दललाई पनि सहमतिमा ल्याउन आफूले प्रयास गरिरहेको बताए ।

उक्त अवसरमा ख्रीष्टियन महासङ्घले धर्मनिरपेक्षबाट मुलुक पछाडि फर्कन नहुने तथा विगतमा सरकार र महासङ्घबीच भएका लिखित सहमति कार्यान्वयन गर्न प्रधानमन्त्रीसँग माग गरेको थियो । रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>