समाचारबिहीबार, साउन १४, २०७२

जनताको सुझाव अध्ययन गर्न कार्यदल गठन

हिमालखबर

नयाँ संविधानमाथि जनताले दिएको सुझाव अध्ययन गर्न कार्यदल गठन गर्ने दलहरुबीच सहमति भएको छ ।

संवैधानिक–राजनीतिक सम्वाद तथा सहमति समितिका सभापति बाबुराम भट्टराईको संयोजकत्वमा शीर्ष नेता सम्मिलित कार्य दल गठन गर्ने सहमति भएको एमाओवादीका प्रमुख सचेतक गिरिराजमणि पोखरेलले बताए ।

सभाध्यक्ष सुवास नेम्वाङको संलग्नतामा बसेको शीर्ष नेताहरुको बैठकले सुझाव अध्ययन गर्न कार्यदल गठन गर्ने सहमति जुटाएको हो । नागरिक सम्बन्ध तथा संविधान सुझाव संकलन समितिले संकलन गरेको सुझावमाथि १४ साउनबाट सम्वाद समितिमा छलफल शुरु भएको छ ।

१३ साउनमा बसेको संविधानसभा बैठकले प्रारम्भिक मस्यौदामा सुझाव समेट्न भन्दै सम्वाद समितिमा प्रतिवेदन पठाएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>