समाचारशुक्रबार, साउन १५, २०७२
शीर्ष नेता सम्मिलित विशेष समितिको बैठक बस्दै
नयाँ संविधानको मस्यौदामाथि जनताले दिएको सुझाव अध्ययन गर्न गठीत विशेष समितिको बैठक आजै बस्दैछ ।
जनताको सुझाव एकीकृत गरी नागरिक सम्बन्ध तथा संविधान सुझाव समितिले तयार पारेको प्रतिवेदन विषेश समितिले अध्ययन गर्ने दलहरुबीच सहमति जुटेको छ । नेपाली कांग्रेसका सह–महामन्त्री पूर्णबहादुर खड्काका अनुसार अहिले ११ बजे विषेश समितिको बैठक बस्दैछ ।
संवैधानिक–राजनीतिक सम्वाद तथा सहमति समितिको बैठक, प्रधानमन्त्री निवास बालुवाटारमा दलीय छलफल र संविधानसभा अध्यक्ष सुवास नेम्वाङको कार्यकक्षमा १४ साउनमा बसेको शीर्ष नेताहरुको बैठकले सम्वाद समितिका सभापति बाबुराम भट्टराईको संयोजकत्वमा विषेश समिति गठन गरेको छ ।
