समाचारआइतबार, कार्तिक २६, २०६९

एमाओवादी सहमतिमा आउनै पर्छः सभापति कोइराला

हिमालखबर

नेपाल वित्तीय संस्था कर्मचारी सङ्घद्वारा २६ कार्तिकमा काठमाडौंमा आयोजित चियापान कार्यक्रमलाई सम्बोधन गर्दै भने, “एकपछि अर्को गर्दै अधिनायकवाद लाद्न खोज्ने एमाओवादी एकदिन सहमतिका लागि तयार हुने नै छन् ।”

मुलुकको राजनीतिक र संवैधानिक सङ्कट अन्त्यका लागि जुट्नुपर्ने अहिलेको समयमा बजेटको मुद्दा अघि सारेर एमाओवादीले विपक्षी दललाई अलमलमा पारिरहेको आरोप लगाउँदै सभापति कोइरालाले थपे, “इमान्दारीसाथ सहमतिमा आउने हो भने बजेटलगायत सबै समस्या समाधान गर्न सकिन्छ ।”

“विपक्षीलाई सधैँभरि धोका दिएर छलकपटको राजनीति गर्ने परिपाटीमा एमाओवादीले सुधार ल्याउनुपर्छ”, उनले भने, “अहिले एमाओवादी जालझेलको राजनीतिलाई अगाडि बढाउँदै चारैतिर कब्जा गर्ने मनसायले सत्ता केन्द्रित भएको छ ।”

नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले २०६२/६३ को जनआन्दोलनबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्न नपाउँदै एमाओवादीको अधिनायकवादी चरित्रका कारण पुनः अर्को आन्दोलनमा जानुपरेको स्पष्ट पार्दै यो आन्दोलनलाई मूर्तरूप दिन आमजनताले साथ दिनुपर्ने आवश्यकता औंल्याएका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>