समाचारशनिबार, साउन १६, २०७२

विवादित भवनमा मालपोत

हिमालखबर

मालपोत कार्यालय सर्न लागेको घर मर्मत हुँदै।

मालपोत कार्यालय सर्न लागेको घर मर्मत हुँदै।

महाभूकम्पले चर्किएपछि काठमाडौंको चाबहिलस्थित सरस्वती मिनीमार्केट बन्द भयो। तर, बालकृष्ण मानन्धरको उक्त भवनमा यतिवेला धमाधम मर्मत चलिरहेको छ।

व्यापारीहरूले समेत बस्न अस्वीकार गरेको यो भवनमा स्वयं सरकारी कार्यालय बस्न लागेको हो। दोस्रो ठूलो भूकम्प आएकै दिन २९ वैशाखमा गोरखापत्र मा सूचना प्रकाशित गरी घर आह्वान गर्दा मानन्धरले निवेदन दिएका थिए। यसैको आधारमा मालपोत सर्न लागेको हो।

जोखिमयुक्त घरमा मालपोत कार्यालय सर्ने निर्णयको विरोधमा लेखापढी व्यवसायी दिवाकर रिजाल (४८) ले पुनरावेदन अदालत पाटनमा निवेदन नै हालेका छन्।

‘…चिरा–चिरा भएर चर्किएपछि साविक बसेका मानिसहरूले डरले छाडेको घरमा पुटिङ लगाएर टाल्न लगाई कमिसनको लोभमा कार्यालयका लागि उपयुक्त नभएको घरमा सर्न लागेकाले… उजुरी दिन आएका छौं’– निवेदनमा भनिएको छ।

तर, मालपोत कार्यालय चाबहिलका प्रमुख गोविन्द धिताल रेट्रोफिट गरेरै भए पनि सोही भवनमा कार्यालय सार्ने तयारी गरिरहेको बताउँछन्। उनी भन्छन्, “सर्ने सम्पूर्ण तयारी सकिइसकेको छ।” मालपोतकै एक अधिकारी सर्ने भनिएको भवन हाइभोल्टेज लाइन नजिकै रहेको, बाटो र पार्किङको अवस्था पनि राम्रो

हाल मालपोत कार्यालय रहेको भवन ।

हाल मालपोत कार्यालय रहेको भवन ।

नभएको बताउँछन्।

तर, अहिले मालपोत बसिरहेको भीमबहादुर कार्कीको घर पनि विवादमा छ। (हे. तस्वीर) ८ तले उक्त भवनको माथिल्लो तीन तलाको नक्शापास नगरिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको छ। उनै कार्कीले फागुन, २०६८ देखि घर अगाडिको सरकारी जग्गामा टहरा बनाएर भाडा असुलिरहँदा मालपोतका अधिकारीहरूले आँखा चिम्लिदिएका छन्।

राष्ट्रिय सतर्कता केन्द्रले भने कार्कीसँग २०७० चैतसम्मको टहरा भाडाबापत रु.५ लाख ४६ हजार असुल्न काठमाडौं महानगरपालिकालाई एक वर्षअघि नै १५ दिने निर्देशन दिएको थियो। तर, त्यसको कार्यान्वयन नभएपछि केन्द्रले १७ जेठ २०७१ मा महानगरपालिकामा अर्को निर्देशन दियो। तर, कार्कीको पहुँचसामु महानगरपालिका पनि निरीह देखिन्छ।

सन्त गाहा मगर

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>