समाचारशनिबार, साउन १६, २०७२
चीनियाँ सशस्त्र प्रहरीको सहयोगमा राजमार्ग खुलाइँदै
अरनिको राजमार्गअन्तर्गत सिन्धुपाल्चोकको तातोपानी–खाडीचौरका विभिन्न स्थानमा पहिरो गई अवरुद्ध करिब ३७ किमी सडकखण्ड खुलाउने कार्य शुरु गरिएको छ ।
नेपाली सेनाको नेतृत्वमा चिनियाँ सशस्त्र प्रहरीको इन्जिनियरिङ टोली र अन्य सुरक्षा निकायसमेतको समन्वयमा राजमार्ग खुलाउन थालिएको हो ।
राजमार्ग खुलाउन चीनबाट १९ इन्जिनियरिङ र २० सपोर्टिङ इक्युप्मेन्ट ल्याइएका छन् ।
१५ देखि २० दिनभित्र सम्पूर्ण पहिरो हटाई बाटो सञ्चालन गर्ने योजना रहेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
नेपाल–चीनबीच सन् १९५५ अगस्ट १ मा स्थापित कूटनीतिक सम्बन्धको ६०औँ वार्षिकोत्सवका अवसर पारेर सडक खुलाउने काम थालिएको हो ।
