समाचारआइतबार, साउन १७, २०७२
जेनेरेटर नचलेर नेप्से बन्द
जेनेनेटर बिग्रिएपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कारोबार स्थगित भएको छ ।
कारोबार हुने साताको पहिलो दिन नेप्सेमा विद्युत अभावले कारोबार रोकिएको हो । लोडसेडिङका कारण विद्युत आपूर्ति बन्द रहेको र जेनेनेटर समेत बिग्रिएपछि कारोबार स्थगित भएको नेप्सेका महाप्रबन्धक सीताराम थपलियाले बताए ।
“जेनेरेटरमा आगो लागेपछि कारोबार रोकिएको हो, वैकल्पिक व्यवस्थाका लागि भाडामा जेनेनेटर मगाइरहेका छौं,” थपलियाले भने ।
नेप्से नेपालको शेयर कारोबार हुने एकमात्र ‘प्लेटफर्म’ हो । मौद्रिक नीति सार्वजानिक भएपछि गत साता नेप्से सूचकांक उकालो चढेको थियो ।
