समाचारसोमबार, कार्तिक २७, २०६९
एमाओवादी र मधेशी मोर्चा मुलुक टुक्रर्याउन उद्यतः गौतम
एमाले काठमाडौं–३२ वडा कमिटीद्वारा दीपावली र नेपाल संवत् तथा छठ पर्वका अवसरमा २७ कात्तिकमा आयोजित शुभकामना तथा चियापान कार्यक्रममा बोल्दै गौतमले वर्तमान सरकार संविधान विपरीत कार्य गर्दै सत्ता कब्जा गर्ने रणनीतिमा रहेको आरोप लगाए । कामचलाउ सरकारका हैसियतमा रहेको सरकारले बजेट ल्याउन खोज्नु नितान्त असंवैधानिक भएको उनको भनाई थियो ।
कार्यक्रममा उपाध्यक्ष गौतमले जातीयताका आधारमा राज्यलाई सङ्घीयतामा लैजान खोज्नु राज्य टुक्र्याउने खेल मात्रै भएको बताए । उनले राजनीतिक र संवैधानिक सङ्कट पैदा गरेर सङ्क्रमणकाल लम्ब्याउने सत्ता पक्षको चालबाजीविरुद्ध नेपाली कांगे्रस, नेकपा (एमाले)लगायत विपक्षी दलले आन्दोलनको घोषणा गरेको धारणा राखे ।रासस
