समाचारसोमबार, साउन १८, २०७२

अधिकमत दलहरुको सहमतिमा संविधानः नेता नेपाल

हिमालखबर

unnamedनेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले अधिकतम दलहरुको सहमतिमा संविधान ल्याउने तयारी भइरहेको बताएका छन् ।

अमेरिकी राजदूत पिटर डब्लु बोडीसँगको भेटबार्तामा नेपालले भने, “जनताको सुझावसहित अधिकतम दलहरुको सहमतिमा संविधान ल्याउने तयारी भइरहेको छ ।” बोडेले कोटेश्वरस्थित नेता नेपालको निवास पुगेर भेट गरेका थिए ।

संविधान जारी गरेर तत्काल स्थानीय निकायको निर्वाचन गरिने नेता नेपालले बताए । उनले भने, “संविधान जारी गर्दै पुनःनिर्माण गर्नेतिर दलहरु लाग्नेछ, स्थानीय निर्वाचन पनि चाँडै हुन्छ ।”

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>