समाचारसोमबार, कार्तिक २७, २०६९
सहमति प्रयास विफल
२७ कात्तिकमा बसेको एमाओवादी, नेपाली कांग्रेस र नेकपा एमालेको बैठकपछि एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले बिपक्षी दलहरुले हलो अड्काएर गोरु चुट्ने काम गरेको बताए । उनले असहमतिबीच सहमति गर्न आफूले गरेको आग्रहमा कांग्रेस र एमालेका शीर्ष नेतृत्व सकारात्मक नभएको आरोप लगाए ।
सहमतिमा बजेट पारित गरेर बाबुराम भट्टराई नेतृत्वको सरकारलाई निरन्तरता दिने माओवादीको रणनीति बुझेपछि कांग्रेस र एमालेले प्याकेजमै सहमति हुनुपर्नेमा जोड दिएका थिए । तीन दलको बैठकपछि कांग्रेस सभापति सुशील कोइरालाले अध्यादेशमार्फत बजेट ल्याउनु लोकतन्त्रको मान्यता बिपरीत भएको धारणा राखे । सभापति कोइरालाले समग्र बिषयमा सहमति नभई बजेटमा सहमति जनाउन नसकिने प्रष्ट पारे ।
एमाले अध्यक्ष झलनाथ खनालले सरकार परिवर्तन हुनासाथ बजेट लगायतका बिषयमा सहमति जुट्ने उल्लेख गरे ।
रामजी दाहाल
