समाचारसोमबार, कार्तिक २७, २०६९
सरकारले बजेट अध्यादेश प्रस्तुत गरेन
यसअघि सत्तारुढ गठबन्धनले २७ कात्तिकमा सहमति नभए पनि बजेट ल्याउने निर्णय गरेको थियो । एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले बैठकमा पूर्ण बजेट ल्याउन दिएर सरकारलाई सहयोग गर्न गरेको आग्रह कांग्रेस र एमाले नेताहरुले अस्विकार गरेका थिए । प्रतिपक्षमा रहेका दुबै दलका नेताहरुले प्रधानमन्त्री बाबुराम भट्टराईको राजीनामापछि मात्रै बाँकी विषयमा छलफल गर्न सकिने अडान राखेका थिए ।
