समाचारशनिबार, साउन २३, २०७२
शीर्ष वैठक जारी, संविधानसभा बैठक आज ६ बजे
दलहरुबीचको छलफल सकारात्मक हुँदै जाँदा संविधानसभा वैठक आज, २३ साउन साँझ ६ बजे बोलाइएको छ ।
यसअघि बैठक आइतबार, २४ साउन १ बजेका लागि सारिएको थियो ।
दलहरुले आजै सहमति गर्ने बताएपछि आजै साँझ ६ बजे बैठक बोलाइएको संविधानसभा सचिवालयले जनाएको छ ।
त्यसैगरी दिउँसो १ बजे बोलाइएको सम्वाद समितिको बैठक ३ बजेका लागि सरेको छ ।
प्रमुख दलहरुबीच प्रदेशको सीमांकनसहितका विषयमा छलफल भइरहेका र सहमति हुने संभावना रहेको भन्दै सम्बाद समितिको बैठक सारिएको हो भने संविधानसभा बैठक आजै बोलाइएको हो ।
आज सहमति हुन्छ: प्रम
प्रमुख राजनीतिक दलको बैठकबाट बाहिरिने क्रममा प्रधानमन्त्री सुशील कोइरालाले आज अबेरसम्म सहमति हुने सङ्क्षिप्त प्रतिक्रिया दिए ।
प्रधानमन्त्री कोइरालाले भने “आज सहमति हुन्छ, निराशावादी कुरा नगर्नुस्, सहमतिको विकल्प छैन ।”
कपिल भट्ट
