समाचारशनिबार, साउन २३, २०७२
शीर्ष बैठक जारी, सहमति नजिक पुगेको नेताहरुको भनाई
सिंहदरबारमा जारी चार दलका शीर्ष नेताहरुको बैठक करिब करिब सहमतिमा पुगेका एमाले नेता विष्णु पौडेलले जानकारी दिएका छन् ।
पौडेलका अनुसार दलहरुले ६ प्रदेशमै सहमति गरे पनि सिमाङ्कनका विषयमा केही कुरा मिल्न बाँकी रहेको छ ।
पौडेलका अनुसारका ६ प्रदेशको सिमाङ्कन निम्न बमोजिम गर्नेमा दलहरुबीच छलफल भइरहेको छ ।
१ सेती, महाकाली र कर्णाली अञ्चलसहित भेरीको सुर्खेत, दैलेख र जाजरकोट जिल्ला ।
२ राप्ति र लुम्बिनीका सबै जिल्लासहित भेरीको बर्दिया, बाँके नवलपरासीको दाउन्नेदेखि पश्चिमतर्फको भाग
३ गण्डकी, धौलागिरी र नवलपरासीको दाउन्नेदेखि पूर्वतर्फ
४ बागमती, नारायणीको मकावानपुर, चितवन, जनकपुरको सिन्धुली दोलखा र रामेछाप
५ पर्सादेखि सप्तरीसम्म तराईका ८ जिल्ला
६ मेची र कोशीका सबै जिल्लासहित सगरमाथाको सोलु, ओखलढुंगा, उदयपुर र खोटाङ
