समाचारशनिबार, साउन २३, २०७२

संविधानसभा बैठक आइतबार, २४ साउनमा

हिमालखबर

आज, २३ साउनमा डाकिएको संविधानसभाको बैठक भोली २४ साउनका लागि सारिएको छ ।

संविधानसभा सचिवालयले २४ साउन दिउँसो १ बजे बैठक बस्ने जानकारी दिएको हो ।

यसअघि पनि आइतबारलाई नै बोलाइएको बैठक दलहरुबीच सहमतिको सम्भावना बढेपछि आजैका लागि बोलाइएको थियो ।

तर सहमतिमा पुग्न दलहरुले ढिलाई गरेपछि बैठक भोलीका लागि सारिएको हो ।

रानीतिक सम्वाद तथा सहमति विशेष समितिको बैठक भने आजै ८ बजे बस्ने छ ।

चार प्रमुख दलका नेताहरुबीच प्रदेशहरुको सीमाङ्कनका विषयमा सहमति भए पनि नागरिकता र धर्मका बारेमा छलफल चलिरहेको बुझिएको छ ।

कपिल भट्ट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>