समाचारआइतबार, साउन २४, २०७२

नेपाललाई विश्व–११ द्वारा १३६ रनको लक्ष्य

हिमालखबर

नेपालका भूकम्पपीडितलाई सहयोग गर्ने उद्देश्यले मलेशियाको किनरारा ओभलमा जारी खेलमा विश्व–११ टोलीले नेपाललाई १३६ रनको लक्ष्य दिएको छ ।

टस जितेर ब्याटिङ गरेको विश्व ११ ले १९.४ ओभरमा सबै विकेट गुमायो । कप्तान सनथ जयसूर्या व्यक्तिगत ६ रनमा अविनाश कर्णको बलमा आउट भएका थिए ।

त्यसपछि आएका मार्कुस स्टाइनिसले ४८, वेणुगोपाल रावले २३, अहमद फैजले १८ तथा शोहाग गाजीले अविजित १६ रन बनाएपछि विश्व ११ ले १३५ रनको मध्यम स्कोर बनाउन सफल भयो ।

विश्व ११ लाई नेपालका लागि अविनाश, शरद भेषवाकर, राजेश पुलामी मगर र सिद्धान्त लोहनीले २/२ तथा शक्ति गौचन र मेहबुब आलमले १/१ विकेट लिए ।

‘ब्याट फर नेपाल’ नाम दिइएको उक्त अभियानमा खेल्ने विभिन्न देशका खेलाडी सम्मिलित विश्व–११ टोलीको कप्तानी श्रीलङ्काली पूर्व कप्तान सनथ जयसूर्याले गरिरहेका छन् भने नेपाली टोलीको नेत्तृत्व नियमित कप्तान पारस खड्काले गर्दैछन् ।

 

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>