समाचारआइतबार, साउन २४, २०७२

संविधानको मस्यौदामा राप्रपा नेपाल असहमत

हिमालखबर

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले संविधानको मस्यौदामा जनताको भावना नसमेटिएका भन्दै सशक्त प्रतिवाद गर्ने निर्णय गरेको छ ।

पार्टी केन्द्रीय कार्यसम्पादन र संसदीय दलको सिंहदरबारमा बसेको बैठकले संविधानको मस्यौदामा सहमति नरहेको निष्कर्ष निकालेको छ ।

उक्त पार्टीले मस्यौदाप्रतिको असहमतिलाई दर्शाउन संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिमा फरक मत दर्ता गराइसकेको जनाएको छ ।

राप्रपा नेपालले संवैधानिक राजतन्त्र, धर्म, गणतन्त्र र सङ्घीयताको विषय जनमत सङ्ग्रहबाट छिनोफानो गरिनुपर्ने भनाइ राख्दै आएको छ ।

प्रमुख चार दलका नेताहरु सम्मिलित विशेष समितिले तयार गरेको संविधानको मस्यौदाले मुलुकमा राजनीतिक स्थायित्व र शान्ति ल्याउन नसक्ने ठहर सो पार्टीले गरेको छ ।

पार्टीका अध्यक्ष कमल थापाले बैठकपछि हिन्दू धर्मलगायतका अजेन्डालाई सुनिश्चित गर्न आगामी २५ साउनदेखि पार्टीले सशक्त अभियान सञ्चालन गर्ने बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>