समाचारआइतबार, साउन २४, २०७२
नेपाल विश्व–११ सँग ३७ रनले पराजित
नेपालका भूकम्पपीडितलाई सहयोग गर्ने उद्देश्यले मलेशियाको किनरारा ओभलमा आयोजित ट्वेन्टी ट्वेन्टी क्रिकेटमा विश्व–११ टोलीसँग नेपाल ३७ रनले पराजित भएको छ ।
टस जितेर पहिलो व्याटिङ रोजेको विश्व- ११ ले १९.४ ओभरमा अलआउट हुँदै नेपाललाई १२५ रनको लक्ष्य दिएको थियो ।
लक्ष्य पछ्याएको नेपालले १९.२ ओभर खेल्दै अल आउट भएर ९८ रन मात्रै बनायो ।
नेपालका लागि अनिल मण्डल र राजु रिजालले समान १७/१७ रन बनाए । नरेश बुढाऐर र सिद्दान्त लोहनीले समान १३/१३, शरद भेषावकर र मेहबुब आलमले ११/११ रन बनाए ।
विश्व ११ का लागि मार्कुस स्टाइनिसले २३ बल खेलेर ८ चौका र एक छक्काको मद्दतले ४८ रन बनाएका थिए ।
नेपालको लागि सिद्धान्त लोहनी, अनिल कर्ण, राजेश पुलामी र शरद भेषावकरले समान २–२ विकेट लिए ।
मलेसिया क्रिकेट संघको आयोजनामा भएको खेलमा उठेको रकम नेपालको भूकम्प पीडितको लागि खर्च गरिनेछ ।
नेपाललाई विश्व–११ द्वारा १३६ रनको लक्ष्य
नेपालका भूकम्पपीडितलाई सहयोग गर्ने उद्देश्यले मलेशियाको किनरारा ओभलमा जारी खेलमा विश्व–११ टोलीले नेपाललाई १३६ रनको लक्ष्य दिएको छ ।
टस जितेर ब्याटिङ गरेको विश्व ११ ले १९.४ ओभरमा सबै विकेट गुमायो । कप्तान सनथ जयसूर्या व्यक्तिगत ६ रनमा अविनाश कर्णको बलमा आउट भएका थिए ।
त्यसपछि आएका मार्कुस स्टाइनिसले ४८, वेणुगोपाल रावले २३, अहमद फैजले १८ तथा शोहाग गाजीले अविजित १६ रन बनाएपछि विश्व ११ ले १३५ रनको मध्यम स्कोर बनाउन सफल भयो ।
विश्व ११ लाई नेपालका लागि अविनाश, शरद भेषवाकर, राजेश पुलामी मगर र सिद्धान्त लोहनीले २/२ तथा शक्ति गौचन र मेहबुब आलमले १/१ विकेट लिए ।
‘ब्याट फर नेपाल’ नाम दिइएको उक्त अभियानमा खेल्ने विभिन्न देशका खेलाडी सम्मिलित विश्व–११ टोलीको कप्तानी श्रीलङ्काली पूर्व कप्तान सनथ जयसूर्याले गरिरहेका छन् भने नेपाली टोलीको नेत्तृत्व नियमित कप्तान पारस खड्काले गर्दैछन् ।
