समाचारमंगलबार, कार्तिक २८, २०६९

आज लक्ष्मीपूजा

हिमालखबर

बत्ती नबालेको घरमा लक्ष्मीले बास गर्दिनन् भत्रे लोकमान्यता अनुसार आज घरको सबैतिर सफासुग्घर गरी दैलो, सँघार, झ्याल, ढोका, कौसी, अटाली, भर्याङलगायतका ठाउँमा बत्ती बाली लक्ष्मीको स्वागत गरिन्छ । लक्ष्मीपूजाको रातलाई सुखरात्रि पनि भत्रे गरिन्छ । आज साँझ मूलद्वारदेखि लक्ष्मी स्थापना गर्ने कोठासम्म रातोमाटाले पोतेर चामलको पिठो र अबिरले लक्ष्मीको पैताला बनाई केराको सुत्लामा बत्ती बाल्ने चलन छ ।

गृहिणीहरू साँझ दीपावली गरिसकेपछि लक्ष्मी थापेर गरगहना, पैसा, धान, चामल, फलफूल, रोटी र फूलमाला चढाई लक्ष्मीको मूर्ति वा तस्बिरमा पूजा गर्छन् । लक्ष्मीपूजासँगै लक्ष्मीको प्रतीक मानी छोरीहरूको पूजा गर्ने पनि चलन छ । लक्ष्मीपूजा गरेपछि त्यस दिन आफूसँग भएको पैसा वा अन्य पदार्थ बाहिर पठाएमा लक्ष्मी बाहिर जान्छिन् भत्रे विश्वास छ । आज साँझ केटीहरू समूह बनाई घरघरमा भैलो खेल्न हिँड्छन् । यसरी भैलो माग्दै हिँड्ने समूहलाई धान, चामल, पैसा र सेलरोटी दिने गरिन्छ ।

सत्ययुगमा वामन अवतार विष्णुले तीन पाउ भूमि माग्दा दानवराज बलिले भगवान्लाई सन्तुष्ट पारी दानवीरको अनुपम उदाहरण प्रस्तुत गर्दै जुन घरमा यमपञ्चकमा दीपावली गरिन्छ, त्यहाँ लक्ष्मीले सदा बास गरून् भत्रे वर मागेकाले त्यस दिनदेखि लक्ष्मीपूजाको महिमा सुरु भएको धार्मिक विश्वास छ ।
कुकुर तिहार पनि आजै

कुकुरतिहार पनि आजै परेको छ । तिथि घटबढका कारणले गर्दा आज कुकुरतिहार र लक्ष्मीपूजा एकै दिन परेको हो ।
यस अवधिभर यमराजाको साथै यमदूत तथा यमराजका सहायक अनुचरले समेत पूजा र सम्मान पाउने धार्मिक र पौराणिक मान्यता अनुसार आज यमराजको द्वारपाल मानिएको कुकुरलाई पूजा गर्ने र मीठो खानेकुरा खुवाउने गरिन्छ ।
कुकुरतिहारलाई नरक चतुदशी पनि भन्निछ । पौराणिक मान्यता अनुसार मृत्युको अन्धकारमा जीवात्माले बाटो बिराएर भट्किनु नपरोस भन्ने हेतुले दिवङ्गत व्यक्तिका नाममा नदी, खोला, धारा वा नजिकको जलाशयमा टपरीमा दीपमालिका सजाएर तेल र जलले स्नान गरी दीप प्रवाह गर्ने चलनअनुसार आज बिहान तारा नअस्ताउँदै जलमा दीपप्रवाह गर्ने कार्यसमेत भयो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>