समाचारआइतबार, साउन २४, २०७२
अरु जिल्ला पनि टुक्र्याएर सीमाकंन गर्न पोखरेलको सुझाव
नेकपा एमालेका स्थायी कमिटी सदस्य शंकर पोखरेलले नवलपरासी बाहेकको जिल्ला फुटाउनुको औचित्य पुष्टि नहुने टिप्पणी गरेका छन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘रणनीतिक हिसाबले नवलपरासी बाहेक अन्य जिल्ला फुटाउनुको औचित्य पुष्टि हुन गाह्रो छ ।’ उनले केही जिल्ला फुटाएर प्रदेश बनाइसकेकाले अन्य जिल्लाहरु पनि फुटाएर उपयुक्त र राम्रो प्रदेश बनाउन सकिने सुझाव दिएका छन् ।
उनले सप्तरीलाई प्रदेश १ मा राख्ने, सिन्धुली र मकवानपुरका भित्रि मधेशको भूभाग प्रदेश २ मा राख्ने, गुल्मीको पूर्वउत्तर क्षेत्रलाई प्रदेश ४ मा राख्ने, प्रदेश ६ मा राखिएको सल्यान र रुकुमको पश्चिम भेकलाई प्रदेश ५ मा राख्दा उपयुक्त हुने सुझाव दिएका छन् ।
उनले प्रदेश ६ भौगोलिक हिसाबले ठूलो क्षेत्र भएकाले निकट भविष्यमै दुई प्रदेशमा विभाजित हुन सक्ने जनाएका छन् ।

