समाचारआइतबार, साउन २४, २०७२
बिनियोजन विधेयक पारित
अर्थमन्त्री रामशरण महतले पेश गरेको आर्थिक बर्ष २०७२/७३ को बिनियोजन बिधेयक बहुमतबाट पारित भएको छ ।
व्यवस्थापिका–संसदमा प्रमुख प्रतिपक्ष दल एमाओवादीले बहिष्कार गर्दै आएपछि स्थगित हुँदै आएको विधेयक पारित भएको हो । सांसदहरुले बजेटमाथि उठाएको प्रश्नको जवाफ अर्थमन्त्री महतले दिएपछि बजेट पारित भएको छ ।
बिधेयक पारित गर्दै अर्थमन्त्री महतले आफुले पक्ष पक्षलाई समेटेर बजेट ल्याएको बताए । उनले भने, “बजेटले सबैलाई समेटेको छ, अव खर्च गर्नमा जोड दिऊ ।”
कपिल भट्ट
