समाचारआइतबार, साउन २४, २०७२

संविधानसभाको बैठक शुरु

हिमालखबर

नयाँ संविधानको पहिलो मस्यौदामाथि जनताको सुझाव समेटेर परिमार्जित मस्यौदा तयार भएपछि संविधानसभाको बैठक शुरु भएको छ ।

साँझ ५ बजे बस्ने भनिएको बैठक झण्डै तीन घण्टापछि भर्खरै शुरु भएको छ । बैठक शुरु हुनासाथ राप्रपा नेपाल, मधेश केन्द्रित दल र एमाओवादीका सभासदहरुले विषेश समय लिएर बोलिरहेका छन् ।

पहिचान र सामथ्र्यबिना सीमाकंन
संविधानसभाका अध्यक्ष सुवास नेम्वाङसँग विषेश समय लिएर सवैभन्दा पहिलो एमाओवादीका सभासद उमेश यादवले परिमार्जित मस्यौदामा विरोध जनाएका छन् ।

उनले ६ प्रदेशको संघीयतामा दलहरुले पहिचान र सामथ्र्यलाई वेवास्ता गर्दै सीमाकंन टुंग्याएको बताए । उनले भने, “संघीयता महेन्द्रवादी भयो, यसले पहिचानलाई समेट्न सकेन ।” नयाँ मस्यौदामा फरक मत राख्न अरु थुप्रै सभासदले समय लिएका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>