समाचारआइतबार, साउन २४, २०७२
‘निरङ्कुश, एकतात्मकता र राजतन्त्र अन्त्य गर्न भएपनि संविधान’
एमाओवादी नेता तथा संवैधानिक–राजनीतिक सम्वाद तथा सहमति समितिका सभापति बाबुराम भट्टराईले दुई लाइनको भएपनि संविधान जारी गर्नुपर्ने बताएका छन् ।
उनले जनताबाट प्राप्त सुझाव समेटेर तयार पारिएको परिमार्जित मस्यौदा संविधानसभामा पेश गर्दै भने, “गणतान्त्रिक संविधान भनेर मात्रै भएपनि संविधान जारी गर्नुपर्छ ।” उनले निरङ्कुश, एकतात्मक र राजतन्त्र अन्त्य गर्न पनि अव पछाडि फर्कन नसकिने बताए ।
भट्टराईले ईतिहास सुखद् र दुखद् हुने बताए । उनले भने, “ईतिहास दुई खालका हुन्छन्, दुखद् ईतिहास दोहोरिन दिनु हुन्न ।” भट्टराईले उत्पीडित जाति र वर्गले संविधान जारी गरेपछि पुनःलड्न सक्ने बताए ।
