समाचारसोमबार, साउन २५, २०७२
स्वायत्त प्रदेश माग्दै कर्णालीमा प्रदर्शन
स्वायत्त प्रदेश माग्दै कर्णालीका पाँच वटै जिल्लामा विरोध प्रदर्शन भइरहेको छ ।
कर्णालीका जुम्ला, कालीकोट, गुमु, डोल्पा र हुम्लामा स्थानीय प्रदर्शन भइरहेको छ । डोल्पामा सामान्य प्रदर्शन भएपनि अन्य जिल्लाहरुमा प्रदर्शनकारीहरुले बन्द आह्वान गरेपछि जनजीवन नै प्रभावित बनेको छ ।
पत्रकार नवराज महताराका अनुसार जुम्लामा प्रशासन, प्रहरी र जिविसको गाडी प्रदर्शनकारीले तोडफोड गरेपछि सुरक्षा व्यवस्था कडा पारिएको छ । उनीहरुले माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने जनाएका छन् ।
