समाचारसोमबार, साउन २५, २०७२
प्यूठानमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु, २२ घाइते
प्यूठान सदरमुकाम खलंगावाट बाङगेफेदि जादै गरेको ना ३ ख ८३८३ नम्वरको यात्रु बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् ।
सारीवाङको घुम्तीवाट बस खोलामा खस्दा ४ जना पुरुष र ३ जना महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ । घाइतेहरुको प्युठानमा उपचार हुन नसके पछि बुटबल रिफर गरिएको छ ।
मृतकमध्ये प्यूठान नगरपालिका–१४ की माया केसी, तोरवाङका नरेन्द्र जिसी र प्यूठान नगरपालिका लामभेलाका जुनु विकलाई आफ्न्तले पहिचान गरेपनि अन्य पहिचान हुन सकेको छैन ।
५ जनाको घटनास्थलमै मृत्यु भएको छ भने दुई जनाकोे उपचारका लागि लैजादै गर्दा बाटोमै मृत्यु भएको प्युठान प्रहरीले बताएको छ ।
खलंगास्थित नेपाली सेनाको ब्यारेक देखि १ किलोमिटर अगाडी बस दुर्घटनाभएको हो ।
-प्रेमनारायण आचार्य, अर्घाखाँची

