समाचारसोमबार, साउन २५, २०७२

सीमाकंन अन्तिम होइनः सिटौला

हिमालखबर

नेपाली कांग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले संघीयता सीमाकंनको प्रस्तावित खाका छलफलकै क्रममा भएकाले चिन्ता नगर्न आग्रह गरेका छन् ।

उनले भने, “यो खाका अन्तिम होइन, त्यसैले आफूखुशी बुझेर संविधान निर्माण प्रक्रियामा बखेडा नझिक्नुहोस् ।” पश्चिम झापाको सिमावर्ती खजुरगाछीमा १७ असार २०५८ मा माओबादीले हत्या गरेका तात्कालीन गाबिस अध्यक्ष श्यामसुन्दर यादवको शालिक शिलन्यास गर्न सिटौला त्यहाँ पुगेका थिए ।

उनले शिल्यान्यास गर्दै भने “माओबादीको रक्तपातपुर्ण हिंसाले हठात ज्ञानेन्द्रको उदय गराएको थियो, देशलाई कुनै उपलब्धी दिएको थिएन ।” उनले कांग्रेसको हातमा मुलुकको राजनीतिक नेतृत्व नहुँदा मुलुकले धेरै दुख पाएको दाबी गरे ।

-गोपाल गडतोैला, झापा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>