समाचारमंगलबार, साउन २६, २०७२

संयमित रहुनस्, समाधान खोज्छौं: शीर्ष नेताहरु

हिमालखबर

प्रमुख चार दलका शीर्ष नेताहरुले सबै प्रकारका आन्दोलन रोकी संयम धारण गर्न सामूहिक अपील गरेका छन्।

सीमाङ्कन उठेका विवादहरुलाई जनताका भावना र राष्ट्रको आवश्यक्ता र हितलाई ध्यानमा राखी उचित समाधान पहिल्याउने प्रयत्न गरिने भन्दै नेताहरुले आन्दोलन रोक्न अपील गरेका हुन्।

२६ साउन बिहान आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति सुशील कोइराला, नेकपा एमाले अध्यक्ष केपी ओली, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र मधेशी जनाधिकार फोरम लोकतान्त्रिक अध्यक्ष विजयकुमार गच्छदारले संयुक्त अपील जारी गरेका हुन् ।

सीमाङ्कनप्रति असन्तुष्टि जनाउँदै देशका विभिन्न भागमा आन्दोलन हुन थालेपछि नेताहरुले अपील जारी गरेका हुन् ।

संयुक्त अपील

apil

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>