समाचारमंगलबार, साउन २६, २०७२

सेनाको हेलिकप्टरमा १२० सशस्त्र प्रहरी जुम्ला पठाइए

हिमालखबर

एकीकृत कर्णाली प्रदेशको माग गर्दै जुम्ला सदरमुकाम खलंगामा जारी प्रदर्शनलाई नियन्त्रणमा लिन बाँकेबाट थप सशस्त्र प्रहरी जुम्ला गएको छ ।

4बाँकेको कोहलपुरस्थित सशस्त्र प्रहरी बल त्रिपुरा गणबाट १२० जना सशस्त्र प्रहरी जुम्ला पठाइएको त्रिपुरा गण एसपी रमेश सुवेदीले जानकारी दिए ।

1नेपाली सेनाको हेलिकप्टरबाट उनीहरु जुम्लातर्फ लागेका हुन् ।

2जुम्लामा आन्दोलनकारीहरुले नेपाली कांग्रेस, एमाले, एमाओवादीका जिल्ला पार्टी कार्यालयमा तोडफोड गरेका छन् ।

3आन्दोलनकारीहरु सदरमुकाम खलंगामा बढदै गएपछि स्थिति नियन्त्रणमा लिन हम्मेहम्मे परेको स्थानीय प्रशासनले बाँकेबाट सशस्त्र प्रहरी मगाएको थियो ।
शब्द/तस्वीरः केशव राना, बाँके

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>