समाचारबुधबार, साउन २७, २०७२

थरुहट माग गर्दै बाँके बन्द

हिमालखबर

4

बन्दले सुनसान बाँकेको कोहलपुर चोक । तस्वीर: केशव राना

थरुहट स्वायत्त प्रदेशको माग गर्दै थारु सम्बद्ध केही संस्थाहरुले बाँकेमा अनिश्चितकालीन बन्दको आह्वान गरेपछि यसक्षेत्रको जनजीवन प्रभावित भएको छ ।
बन्दले शिक्षण संस्था, व्यापारिक प्रतिष्ठान, उद्योग, कलकारखाना, यातायात ठप्प छन् ।

बन्दकर्ताहरु बिहानैदेखि नेपालगञ्ज र कोहलपुर चौराहाका सडकमा उत्रिएका छन् ।

उनीहरुले कञ्चनपुरदेखि चितवनसम्म तराईका १० जिल्ला मिलाएर थरुहट प्रदेश बनाइनुपर्ने माग गरेका छन् ।

यसैबीच बन्दकै बेला कोहलपुर जेसीजको आयोजनामा युवाहरुले शान्ति र्‍याली निकालेका छन् ।

तस्वीर: केशव राना

तस्वीर: केशव राना

मध्यपश्चिमका बिभिन्न जिल्लाहरुमा हिंसात्मक गतिविधि भैरहेका बेला कोहलपुरका युवाहरुले १६ औ अन्तराष्ट्रिय युवा दिवसको अवसर पारी शान्ति ¥यालीको आयोजना गरेका हुन् ।
केशव राना/बाँके

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>