समाचारबुधबार, साउन २७, २०७२

राप्रपा नेपाल र केही साना दलहरुद्वारा बैठक बहिष्कार

हिमालखबर

bicc2.jpg.pagespeed.ce.-ZoR_SUi07राष्ट्रिय प्रजातन्त्र नेपालसहित केही मधेश केन्द्रित दलहरुले आजको संविधानसभाको बैठक बहिस्कार गरेका छन् ।

संविधानका विवादित विषयमा प्रमुख चार राजनीतिक दलले गरेको सहमतिमा आफ्ना धारणा समावेश नगरिएको भन्दै ती दलले बैठक बहिष्कार गरेका हुन् ।

आजको बैठकमा संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिले पेस गरेको प्रतिवेदनमाथिको छलफल जारी छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, सङ्घीय समाजवादी फोरम नेपाल, सद्भावना पार्टी, तराई मधेस लोकतान्त्रिक पार्टी, तराई मधेस सद्भावना पार्टीलगायतले संविधानसभाको बैठक बहिष्कार गरेका हुन् ।

यसअघि, राप्रपा नेपालका सभासद् कुन्ती शाहीले चार दलका नेताले आफ्नो स्वार्थलाई मात्र हित हुने गरी संविधानको मस्यौदा ल्याएको आरोप लगाएकी थिइन्  ।

उनले मुलुकका विभिन्न स्थानमा भइरहेको प्रदर्शनमा सरकारले दमन गरेको, नागरिकले शान्तिपूर्ण रुपमा प्रदर्शन गर्न पाउने संवैधानिक अधिकारसमेत हनन गरिएको बताइन्  ।

सद्भावना पार्टीका सभासद् नरसिंह चौधरीले संविधानमा सबै क्षेत्र, वर्गको भावना समेटिनुपर्नेमा त्यसो नभएकाले आफूहरु विरोध गर्न बाध्य भएको बताएका थिए  ।

रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>