समाचारबुधबार, साउन २७, २०७२
सुर्खेतमा ११ बजेदेखि कर्फ्यु

२७ साउन विहान ११ बजेदेखि कर्फ्यु लागेपछि सुर्खेतको वीरेन्द्रनगरका सडकमा प्रहरीमात्रै देखिन्छन् । तस्वीर: विनोद शाही
अखण्ड मध्यपश्चिमको माग गर्दै सुर्खेतमा जारी आन्दोलन हिंसात्मक बन्दै गएपछि स्थानीय प्रशासनले आज विहान ११ बजेदेखि साँझ ६ बजेसम्म कर्फ्यु लगाएको छ ।
अघिल्ला दुई दिनसम्म सँझ ६ बजेदेखि राती ९ बजेसम्म कर्फ्यु लगाएको प्रशासनले आन्दोलन नियन्त्रणबाहिर जान थालेपछि २७ साउनमा भने विहान ११ बजेदेखि नै कर्फ्यु घोषणा गरेको छ ।
आन्दोलन उग्र बन्दै गएपछि कर्फ्यु लगाउनुपर्ने अवस्था सिर्जना भएको सुर्खेतका प्रमुख जिल्ला अधिकारी बलदेव गौतमले बताए ।
गत शनिवारदेखि शुरु भएको अखण्ड मध्यपश्चिमको आन्दोलन २५ साउनदेखि हिंसात्मक बनेको छ । २५ र २६ साउनमा आन्दोलनलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको थियो ।
आज विहानैदेखि आन्दोलनकारीहरु सडकमा निस्किएर प्रर्दशन गरेका थिए तर कर्फ्यु जारी गरेपछि आन्दोलनकारीहरु सडकमा देखिएका छैनन् ।
वीरेन्द्रनगरमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।
विनोद शाही, सुर्खेत
