समाचारबुधबार, साउन २७, २०७२
डा. केसीको अनशन स्थगित
त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका डा.गोविन्द केसीले पूर्व घोषित आमरण अनशन स्थगित गरेका छन् ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.गोविन्दराज पोखरेल र डा.यज्ञबहादुर कार्की नेतृत्वको उपसमिति सदस्यहरुले माथेमा प्रतिवेदन कार्यान्वयनको तयारी भइरहेको जानकारी गराएपछि डा.केसीले अनशन स्थगित गरेका हुन् ।
विगतमा भएका स्वास्थ्य र शिक्षा क्षेत्रका जिम्मेवार पदाधिकारीहरु दलीय भागबण्डाबाट नभई बरिष्ठता, योग्यता र कार्य क्षमताका आधारमा नियुक्ति गर्नेलगायत अन्य सम्झौताहरु कार्यान्वयन गर्ने प्रतिबद्धता उक्त टोलीले डा.केसीसँग गरेको छ ।
डा.केसीले ७ भदौसम्म माथेमा प्रतिवेदन कार्यान्वयन नभएमा सोही दिन दिउँसो ४ बजेबाट पुनःआमरण अनशन शुरु गर्ने चेतावनी दिएका छन् ।
