समाचारबुधबार, साउन २७, २०७२

सुर्खेतमा कर्फ्युका बीच प्रर्दशन

हिमालखबर

तस्वीर: विनोद शाही

तस्वीर: विनोद शाही

अखण्ड मध्यपश्चिमको माग राख्दै भएको आन्दोलन नियन्त्रणबाहिर जान थालेपछि स्थानीय प्रशासनले लगाएको कर्फ्युबीच पनि सुर्खेतमा केही ठाउँमा प्रर्दशन भइरहेको छ ।

जारी आन्दोलन हिंसात्मक बन्दै गएपछि स्थानीय प्रशासनले आज विहान ११ बजेदेखि साँझ ६ बजेसम्म कफ्र्यु लगाएको छ । कर्फ्युको केही बेरसम्म सुनसान भएको वीरेन्द्रनगर बजारमा अहिले आन्दोलकारीहरुले कर्फ्युको अवज्ञा गर्दै विरोध प्रर्दशन गरिरहेका छन् ।

आन्दोलन नियन्त्रण गर्न २५ साउनमा प्रहरीले गोली चलाउँदा दुई जनाको मृत्यु हुनुका साथै दर्जनौं घाइते भएपछि थप चर्किएको आन्दोलनमा आज प्रर्दशनकारीहरुले गृहमन्त्रीको राजीनामा समेत मागेका छन् ।

तस्वीर: विनोद शाही

तस्वीर: विनोद शाही

उनीहरुले खड्काविरुद्ध नाराबाजी समेत गरेका छन् । कर्फ्युका बीच भएको विरोध प्रदर्शनमा आन्दोलनकारीहरु हिजोको भन्दा निकै कम र संयमित देखिएका छन् । तर पनि उनीहरुले टायर बाल्ने र नाराबाजी भने जारी राखेका छन् ।

प्रर्दशनकारी पुगेका क्षेत्रबाहेक अन्य स्थान सुनासान छ ।

वीरेन्द्रनगर बजारमा ठूलो संख्यामा परिचालित प्रहरीले पैदल र सवारी साधनमार्फत निरन्तर गस्ती गरिरहेपनि आन्दोलनकारीमाथि कुनै हस्तक्षेप गरेको छैन ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>