समाचारबिहीबार, साउन २८, २०७२

आन्दोलन होइन वार्ता गर्नुस्: प्रधानमन्त्री

हिमालखबर

PM Relief Fundप्रधानमन्त्री सुशील कोइरालाले संविधानको मस्यौदामा चित्त नबुझेका विषयमा वार्ताबाट समस्याको उपाय खोज्न आह्वान गरेका छन् ।

व्यवस्थापिका–संसद्को २८ साउनको बैठकमा विशेष सम्बोधन गर्दै प्रधानमन्त्री कोइरालाले अब संविधान आउने निश्चित भएको र यसबाट फर्किने अवस्था नरहेको स्पष्ट पारे ।

“चित्त नबुझेका कुरा वार्तामा राखौँ, यहीबाट हल खोजौँ, आन्दोलनको बाटोभन्दा सहमतिको बाटो बलियो हुन्छ”–उनले भने ।

संविधान निर्माण हुन लागेको समयमा सबैले सहयोग पुर्‍याउनु पर्ने भन्दै उनले विरोध र आन्दोलन नगर्न आह्वान गरे ।

“सबैका हक अधिकार संविधानले स्थापित गर्दैछ, वार्ता, सहमति, सहकार्य र एकताबाटै संविधान निर्माण हुँदैछ, सात सालदेखि विभिन्न चरणका आन्दोलन र प्रयासबाट मुलुकमा ठूलो परिवर्तन भएको छ, सङ्घीयताका प्राप्ति नौलो कुरा भएको छ ” प्रधानमन्त्री कोइरालाले भने “सङ्घीता लागू भएपछि कठिनता देखिएको छ, त्यो कठिनाइ मिलेर समाधान गर्नुपर्छ, म विश्वास दिलाउन चाहन्छु सबैका हक अधिकार स्थापित हुँदैछन्, कुनै पनि आन्दोलन र तोडफोड गर्नु आवश्यक छैन ।”

हालको मस्यौदा अन्तिम नभएको र संविधानलाई पछि पनि समयानुकूल परिवर्तन गर्न सकिने भएकाले सबैलाई धैर्य गर्न प्रधानमन्त्री कोइरालाले आग्रह गरे ।

उनले भने, “जनताद्वारा निर्माण हुने संविधान आउँदैछ, शान्ति, स्थायित्व, लोकतन्त्रलाई स्थापित गरी विकासमा जानु परेको छ, अहिले साराको दृष्टि नेपालमा केन्द्रित छ, शान्ति र स्थायित्व यो देशले कहिल्यै देख्न पाएन, संविधान बनेपछि हामी शान्ति र विकासमा लान चाहन्छौँ ।”
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>